हसिनाको स्वदेश फिर्ती माग गर्दै बङ्गलादेशमा प्रदर्शन,सेनाको गाडीमा हमला

हसिनाको स्वदेश फिर्ती माग गर्दै बङ्गलादेशमा प्रदर्शन,सेनाको गाडीमा हमला


ढाका । बङ्गलादेशमा चरम आन्दाेलन चलिरहेका बेला आवामी लिगका नेता, कार्यकर्ता र उनका समर्थकहरूले शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै ढाकामा सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन्।

उक्त प्रदर्शनमा सेनाका जवानमाथि हमला भएको छ । गोपालगञ्ज क्षेत्रमा सेनाको गाडीमा हमला भएको हाे । शनिबार साँझ भएकाे घटनामा एक बच्चासहित २ जनालाई गोली लागेको छ ।

ढाका ट्रिब्यूनमा छापिएको समाचार अनुसार यस घटनामा सेनाका जवान, पत्रकार र स्थानीयसमेत १५ जान घाइते भएका छन् ।

घटनामा कसैको मृत्यु भने भएको छैन ।

सेनाका जवानले सडक खुलाउन अनुरोध गरेपछि प्रदर्शनकारीहरूको भिडले उनीहरूमाथि ढुंगा, इट्टा फ्याक्न सुरु गरे । भिडलाई तितरबितर पार्न सेनाका जवानले पछि लाठीचार्ज गरेको थियो । यसको जवाफमा प्रदर्शनकारीहरूले सेनाको गाडीमा तोडफोड गरेर आगो लगाइदिए ।