बत्ती बालेर शिक्षकहरुले खोजे सरकार

बत्ती बालेर शिक्षकहरुले खोजे सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुमा आन्दोलन गरिरहेका शिक्षकहरुले दिउँसै टर्च बालेर विरोध जनाएका छन् ।

बानेश्वर–बबरमहलमा शिक्षकहरुले मोबाइलको टर्च बालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले चाडाे शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् ।