११ करोड बोरा सिमेन्ट विक्रि गर्दै शिवमले बनायो नयां रेकर्ड

११ करोड बोरा सिमेन्ट विक्रि गर्दै शिवमले बनायो नयां रेकर्ड


काठमाण्डु -शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्रि गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओ.पि.सि सिमेन्ट बन्न सफल भएको छ । शिवम् सिमेन्टले स्थापना काल देखि हाल ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओ.पि.सि. सिमेन्ट विक्रि गर्ने उद्योग बन्न सफल भएको हो ।

शिवम् सिमेन्ट एकमात्र ओ.पि.सि उत्पादन गर्ने नेपालकै असली ओ.पि.सि सिमेन्ट हो । ओ.पि.सि मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ ।

उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन. एस. क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत समेत भएको थियो ।

शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।