काठमाण्डु – शिवम् सिमेन्ट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत देवेन्द्र सिन्हाले राजीनामा दिएका छन् । सीईओ सिंहाले पदबाट दिएको राजीनामा सोमबार साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
उनले पारिवारिक तथा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको शिवम् सिमेन्टले जनाएको छ । भारतीय नागरिक सिन्हालाई २०७७ भदौ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पदमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया