राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त


काठमाण्डु – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपाध्यक्ष नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका पूर्व प्रमुख अधिकारी यसअघि आयोगको सदस्य थिए ।

बैठकले कायममुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । असार ३१ गते सरकारले निमित्त मुख्यसचिव गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।