काठमाण्डु–नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका छन् । माओवादी केन्द्रको जाजरकोट जिल्ला समन्वय समितिले बिहिवार प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत बस्नेतको नाम पठाएको हो ।
बस्नेत यसअघि ०७० र ०७४ मा जाजरकोटबाट प्रतिनिधिसभाको सदस्यका रुपमा निर्वाचित भएका थिए । उनले यसअघि स्वास्थ्य, वन र गृहमन्त्रीको रुपमा काम समेत गरिसकेका छन् ।
बस्नेत माओवादी केन्द्रका प्रभावशाली नेता हुन् । जाजरकोटमा स्थानीय तहको निर्वाचनमा भने माओवादी कमजोर छ । निर्वाचनमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ ।
जाजरकोटमा नेपाली कांग्रेसबाट राजिव शाह र एमालेबाट युवा नेता निरज आर्चाय चुनावी मैदानमा छन् । कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको अवस्थामा बस्नेत नै उम्मेदवार बन्ने लगभग निश्चित छ । त्यो अवस्थामा उनि र आचार्यबीच प्रतिस्पर्धा हुनेछ । आचार्य एमालेका केन्द्रीय सदस्य र निर्वाचन आयोगको उपप्रमुख हुन् ।
प्रतिक्रिया