सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गराइयो

सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गराइयो


काठमाण्डु-काठमाडौंको त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।

आज बिहान ८ बजे श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो । जहाजमा प्राविधिक समस्या देखिए पछि तत्काल चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराइएको हो । ।

अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आजका लागि श्री एयरलाइन्सको पहिलो उडान थियो । यक्त विमानका यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ ।