श्री एयरलाइन्सको काठमाडौं–राजविराज नियमित उडान

श्री एयरलाइन्सको काठमाडौं–राजविराज नियमित उडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– श्री एयरलाइन्सले काठमाडौं–राजविराज तथा राजविराज–काठमाडौं नियमित हवाई सेवा थालेको छ। श्रीले अब साताको ५ दिनः आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार उक्त रुटमा उडान भर्नेछ।

त्यस्तै, काठमाडौं राजविराज दिनको १३ः१५ (१ः१५) तथा राजविराज काठमाडौं दिनको १४ः१० (२ः१०) का समयमा उक्त सेवा उपलब्ध हुने एयरलाइन्सका प्रवन्धक (कर्पोरेट) अनिल मानन्धरले जानकारी दिए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको विशेष पहलमा नेपालको पुरानो एयरपोर्ट मध्ये एक राजविराज एयरपोर्टको स्तरोन्नती गरिसके पछि पुनः संचालनमा ल्याइएको हो।

उक्त एयरपोर्ट सञ्चालनमा ल्याउन यस एयरलाइन्सको ९एन(एएमए विमानबाट गत जेठ ८ गते परीक्षण उडान र जेठ १० गते उद्घाटन उडान समेत गरिएको थियो ।