श्रीलंकाली राष्ट्रपतिले मध्यरातमा भंग गरे संसद

श्रीलंकाली राष्ट्रपतिले मध्यरातमा भंग गरे संसद


काठमाडाैं–श्रीलंकाली राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भंग गरिदिएका छन्।

प्रधानमन्त्री रनिल विक्रमसिङ्गलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक संकटबीच राष्ट्रपतिले शुक्रबार मध्यरातदेखि संसद् भंग गरिदिएका हुन्। अब अागामी जनवरी ५ मा आमनिर्वाचन हुनेछ।

यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ। बर्खास्त गरिएका प्रधानमन्त्री रनिलको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ।

सिरिसेनाले बर्खास्त गरेका प्रधानमन्त्री रनिल विक्रमासिंघेको दल युनाइटेड नेसनल पार्टी (युएनपी) ले संसद भंग गरेर चुनाव गराउने अधिकार राष्ट्रपतिलाई नभएको प्रतिक्रिया दिएको छ। विक्रमासंघेका दलका एक सांसद अजित परेराले संसद विघटन गर्ने राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै यो रद्द हुने बताएका छन्।

गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै उनको स्थानमा पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई अघि सारेका थिए। तर सो कदम गैरकानूनी भन्दै विक्रमसिंगले पद छाड्न अस्वीकार गर्दै आएका छन्।