पुल्चोक क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ विजयी

पुल्चोक क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुल्चोक इन्जिनीयरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी भएका छन् ।

मंगलबार भएको मतगणनामा उनी १ हजार १०२ मतका साथ अध्यक्षमा विजयी भएका छन् । श्रेष्ठ स्नातक सिभिल इन्जिनीयरिङ चौथो वर्षमा अध्ययनरत छन् ।

सहायक क्याम्पस प्रमुख रामएकवाल यादवका अनुसार श्रेष्ठका प्रतिद्वन्द्वी माओवादीनिकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याएका छन् ।

सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा १ हजार ६४ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा नेविसंघका अल्बर्ट ढकाल १ हजार ४२ मत ल्याएर विजयी भएका छन् ।