भारतका पहिला राष्ट्रपतिकी नातिनी हुन् यी नायिका, जसले क्यान्सरका कारण गुमाइन अामा

भारतका पहिला राष्ट्रपतिकी नातिनी हुन् यी नायिका, जसले क्यान्सरका कारण गुमाइन अामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुलाबी सहरमा हुर्किएकी भारतका पहिला राष्ट्रपति राजेन्द्रप्रसादकी पनातिनी श्रेया नारायण बलिउडकी बोल्ड नायिका हुन् । श्रेयाले आफ्नो स्कुल पढाइ जयपुरमै पूरा गरेकी थिइन् । जसका कारण अहिले पनि उनी जयपुरलाई खुबै मिस गर्छिन् ।

उनकी आमा क्यान्सरबाट पीडित थिइन्, उनको निधन भइसकेको छ । श्रेयाले भनिन्, ‘कलाकार अलग—अलग भूमिका निभाउछन् त तपाईलाई यस्तो भूमिका मिल्न सक्छ जसलाई आफ्नो फिल्म अभिनयमा ढालेर उसलाई फिल्म खतम हुने बितिकै छाड्न सकिन्छ ।’

उनले अगाडि थपिन्, ‘जब म आफ्नी आमासँग भेट्न अस्पताल जान्थे, त्यतिबेला म एक जिम्मेवार छोरी हुन्थे, र जब म उनलाई छाडेर सुटिङमा जान्थे म पात्र बन्थे, जसलाई म निभाइरहेकी हुन्थे । यसो गर्नाले आफ्नो भावनामा पूरा नियन्त्रण राख्न सकिन्छ ।’

श्रेयाले एक अन्तर्वार्तामा आफूलाई पहिचान गर्न र खुशी दिलाउन थिएटरले भूमिका खेलेको बताएकी छन् । उनले आफू सानोमा निकै बेखुशी रहेको उल्लेख गरेकी छिन् ।

उनी अभिनयसँगै सामाजिक काममा समेत सक्रिय छिन् । उनले कोशी नदीको बाढीका बेला विहार फ्लड रिलिफ मिसनमा प्रकाश झासँग काम गरेकी थिइन् ।

सन् २०११ म उनलाई ‘साहेब बीबी और ग्याङस्टारबाट निकै प्रशंशा मिलेको थियो । उनले आफ्नो करिअरको सुरुवात सोनी टिभीबाट प्रसारण हुने ‘पाउडर’ बाट गरेकी थिइन् । उनी फिल्म रकस्टारमा रणवीरकी भाउजुको भूमिका थिइन् ।