काठमाडौं– प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ७ ले पत्रकार महासंघको निर्वाचनमा केन्द्रिय सदस्यको लागी पत्रकार श्याम भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भदौ ४ र ५ गते काठमाडौमा हुने नेपाल पत्रकार महासंघको महाधिवेशनमा कांग्रेस निकट संगठन प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरले सहकार्य गरेका छन् ।
दुई संगठनविच प्रदेश नम्वर ७ मा एक–एक केन्द्रिय सदस्य लिने सहमति बनेको थियो । प्रेस सेन्टरको प्रदेश नम्वर ७ को बैठकले भट्टलाई केन्द्रिय सदस्यको उम्मेदवार बनाउने निर्णय भएको थियो सेन्टरको शुक्रवार दिउसो बसेको बैठकमा पार्टीको प्रचार विभागका सचिव ओमविक्रम भाट ‘ सरल ’ प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा उपस्थीति थिए ।
केन्द्रिय सदस्यको लागी प्रेस सेन्टरका सचिव पहल साउद, प्रदेश संयोजक रामसिंह ठगुन्ना, श्याम भट्ट,हाल महासंघमा केन्द्रिय सदस्य रहेका भवानी ऐर, अशोक पाण्डेय र भुवन बोहरा आकांक्षी थिए । तर, संगठनका अधिकांश सदस्यले भट्टलाई नै उम्मेदवारी बनाउन माग गरेपछि उनको नाममा निर्णय भएको हो । भट्टको प्रस्ताव संगठनका सचिव साउद र समर्थन प्रदेश अध्यक्ष ठगुन्नाले गरेका थिए ।
भट्ट डेढ दशकदेखी पत्रकारितामा क्रियाशील छन् । उनि सुदुरपश्चिमबाट प्रकाशित हुने सुदुर सरोकार दैनिकका संस्थापक सम्पादक हुन । भट्टसंग रेडियो र पत्रपत्रिकामा काम गरेको अनुभव समेत छ ।
प्रतिक्रिया