रहेनन् पत्रकार पुडासैनी

रहेनन् पत्रकार पुडासैनी


काठमाण्डु- नेपालभ्यूजडटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।

शुक्रबार साँझ कार्यालयबाट सरस्वतीनगरस्थित डेरा पुगेपछि उनी कोठामै ढलेका थिए । त्यसपछि उनलाई हेल्पिङ हन्ड्स अस्पताल लगिएको थियो । तर, अस्पतालमा चिकित्सकहरूले उनको निधन भइसेको बताए ।

प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाइनमा कार्यरत थिए । उनले केही जोखिमपूर्ण रिपोर्टङसमेत गरेका थिए ।

विगत १४ वर्षदेखि पत्रकारिता गर्दै आएका ३३ वर्षीय पुडासैनी केही दिनयता बिरामी रहँदै आएका थिए । अस्पतालमा नियमित जाँच गर्दै कार्यालय जाने आउने गरेका पुडासैनी शुक्रबार राति भने कोठा पुग्नासाथ ढलेका थिए ।

नुवाकोट स्थायी घर भएका उनले रेडियो अन्नपूर्णसँगै प्राइम, माइन्टेन, जनतालगायत टीभीमा काम गरेका थिए ।