एजेन्सी – भारतमा जंगली जनावर भालु मारेर लिंग काटेर मासु खाने कुख्यात सिकारी पक्राउ परेका छन् । यार्नेन नामले चिनिने ती सिकारीलाई प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि फरार रहँदै आएका यार्नेन पक्राउ पर्नुलाई ठूलो सफलताका रुपमा हेरिएको छ ।
भारतको एउटा राष्ट्रिय निकुञ्जमा गुप्तांग काटिएका भाले भालुका शवहरू फेला परेपछि अधिकारीहरूले यस विषयमा अनुसन्धान गरेका थिए । फिरन्ते आदिवासी जनजाति यार्नेनले भालुको लिंग खाएमा यौन उत्तेजना बढ्ने अन्ध विश्वासका कारण यसो गरेको मध्यप्रदेश वन विभागका रितेश सिरोठियाले बताएका छन् ।
यार्नेनलाई प्रहरीले १९ अक्टोबरमा गुजरातबाट पक्राउ गरेको थियो ।
उनी मध्य र पश्चिम भारतमा बाघ तथा अन्य लोपोन्मुख जनावरको अवैध सिकार र तस्करीमा संलग्न रहेको बताइएको छ । प्रहरीबाट जोगिनका लागि उनले विभिन्न छद्म नाम प्रयोग गर्ने गरेका थिए । उनलाई बुधवार अदालतमा उपस्थित गराइएको थियो । प्रहरीले उनलाई हिरासतमा राखेको छ । मध्यप्रदेशको दक्षिणी भागमा पाइने पर्धी (बेहलिया जाति परम्परागत रूपमा जङ्गलमा बस्छ । उनीहरु जीवनयापनका लागि सिकार गर्छन् ।
प्रतिक्रिया