सिक्किमको हिमपहिरोमा परी तीन नेपालीको मृत्यु

सिक्किमको हिमपहिरोमा परी तीन नेपालीको मृत्यु


काठमाण्डु – सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीसहित ७ जनाको मृत्यु भएको छ । भारतकाे सिक्किममा गएको हिउँ पहिरोमा परी ३ नेपाली र ४ जना भारतीय नागरिकसहित ७ जनाको मृत्यु भएको हाे।

भारतकाे सिक्किममा गएकाे हिमपहिरोमा परी करिब एक दर्जनबढी घाइते भएका छन्। मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन्। अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन्।

मंगलबार दिउँसो सवा १२ बजेति गान्तोक-नाथुला जेएनएम सडकमा हिउँ पहिरो गएको थियो। हिउँ पहिरोमा करिब ५ सय पर्यटक फसेका थिए। लगत्तै भारतीय सेना र सुरक्षाकर्मीले उद्धारको कार्य गरेका थिए।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले घटनाबाट आफू दुखी भएको उल्लेख गरेका छन्। उनले घाइतेहरूको सरकारले उपचार गर्ने पनि बताएका छन्।