पुर्व डिआईजी सिलवाल धान काट्दै मत माग्दै

पुर्व डिआईजी सिलवाल धान काट्दै मत माग्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर– नेपाल प्रहरीका पूर्व डीआईजी एवं वाम गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले चुनावी मैदानमा अहोरात्र खटिएका छन् ।
संचारकर्मीको टोली सिलवालको निवास रहेको ललितपुरको गोदावरी पुग्दा उनले लगाएको कपडा धुलाम्य थियो ।

 

 

 

 

सिलवाल चुनाव प्रचारको क्रममा ललितपुरको लेलेबाट फर्कने क्रममा मतदाताको घेराबन्दीमा परे । उनले खेतबारीमा धानवाली भित्र्याउन ब्यस्त रहेका स्थानीसंग भोट मात्र मागेनन् ।  बारीमा नै गएर एकछिन् धान पनि काटे ।

 

‘मलाई तपाईलाई त धान काट्न आउदैन् होला भन्ने मतदाताको प्रश्नपछि म पनि किसानकै छोरा हो,धान काट्न आउछ भनेर खेतमा गएको हो,यो कुनै चुनावी प्रचारको लागी गरेको होईन ।’ सिलवालले काठमाडौंपाटीसंग भने ।  

 

उनले मतदाताकै आग्रहमा आफुले धान काटेको बताए ।

सिलवालले आफ्ना एजेण्डा र योजनाहरु मतदातालाई खेतमा गएर सुनाएका थिए । उनले देशको अर्थतन्त्रको मुख्य जग भनेको नै कृषी भएको भन्दै आफुले जिते मतदाताको हितमा काम गर्ने प्रतिवद्धता समेत जनाए ।

 

 

 

सिलवालले आफ्नो फेसबुकमा राखेको धान काटेको फोटो सामाजिक संजालमा भाइरल भएको छ ।