माओवादी निकट पत्रिकाले दाबी– सिलवाललाई राजिनामा दिन लगाएर बामदेवलाई उम्मेदवार बनाउन एमालेमा दबाव

माओवादी निकट पत्रिकाले दाबी– सिलवाललाई राजिनामा दिन लगाएर बामदेवलाई उम्मेदवार बनाउन एमालेमा दबाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कुनै बेला नवराज सिलवाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका सबैभन्दा प्रिय प्रहरी अधिकारी थिए । लाजिम्पाटमा पुगेर सुरक्षाको अवस्थाबारे मात्र होईन देशमा भइरहेको राजनितिक घटनाक्रमको समेत उनले प्रचण्डलाई अवगत गराउने हैसियत राख्थे । प्रचण्ड र सिलवालको सम्बन्ध सुमधुर छ भन्ने कुरा तत्कालिन अवस्थामा प्रचण्डको सचिवालयदेखि माओवादीका उच्च तहका सबै नेताहरु जानकार दिए ।

 

प्रचण्ड र तत्कालिन गृहमन्त्री शक्ति बहादुर बस्नेतसंग राम्रो सम्बन्ध भएकै कारण नवराजले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को प्रमुख बन्ने अवसर पाए । जवकी सिलवाललाई तत्कालिन प्रहरी प्रमुख कुनै पनि हालतमा त्यहा पठाउन चाहदैन थिए । सीआईबीमा रहेर नवराजले आफुलाई अब्बल अधिकृतका रुपमा उभ्याए । उनले दर्जनौ लोकप्रिय काम समेत गरेर सबैको मन जिते । त्यतिमात्र होईन रातो पासपोर्ट प्रकरणमा उनले प्रचण्डले भनेअनुसार काम गरे  ।

तर,उनै प्रचण्ड प्रधानमन्त्री हुंदा भने प्रहरी महानिरीक्षकको नियुक्ती भने कांग्रेस सभापति शेरबहादुर देउवाको दबावमा प्रचण्डले डिआईजी जयबहादुर चन्दलाई गरे ।  सिलवाल प्रचण्ड नेतृत्वको सरकारले गरेको निर्णयविरुद्ध अदालतसम्म गए । त्यही अदालतले चन्दको नियुक्त खारेज गर्यो । सिलवालकै कारण आईजिपी बन्ने भाग्यमानी बने प्रकाश अर्याल ।

 

अदालतको आदेशपछि पनि सिलवाललाई आईजिपी बनाउने ठाउ थियो । तर,प्रचण्डले पुन उनको सट्टा रोजे प्रकाश अर्याललाई । अदालतको निर्णपछि माओवादीका एक जना प्रभावशाली नेता वर्षमान पुनले सिलवाललाई आईजिपी बनाउन प्रस्ताव गर्दा प्रचण्डले अस्विकार गरेको स्रोतको दाबी  छ ।

 

 

प्रकाश अर्याल आईजिपी भएपछि उनले सिलवालमाथी अनेक जालझेल सुरु गरे । छानविन समिती गठन गरे र किर्ते प्रकरणमा दोषि भएको भन्दै उनलाई पक्राउ गरेर थुनामा राख्न समेत निर्देशन दिईयो । अदालतले सिलवाललाई थुन्न नपाईने आदेश दिएपछि त्यो हत्कण्डा समेत उनको असफल भयो ।

 

प्रहरी सेवाबाट राजिनामा दिएपछि सिलवालले एमाले प्रवेश गर्ने तयारी गर्दैछन् भन्ने समाचार समेत पहिलो पटक काठमाडौंपाटीमा प्रकाशित भयो । सिलवालले उक्त समाचारमा आपत्ति समेत जनाए । पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई एमालेमा प्रवेश गराए । एमालेसंगको उनको साईनो धेरै पुरानो होईन । तर,एमाले अध्यक्ष ओलीले सिलवालमाथी अन्याय भएको भन्दै सरकारको चर्को आलोचना गरेपछि उनि ओलीसंग नतमस्तक भए ।

 

 

रोचक के छ भने माओवादी केन्द्र र एमालेको संयुक्त सरकार हुंदा प्रधानमन्त्री थिए ओली । तीनै ओलीलाई प्रहरीमा नेतृत्वको लफडा हुन सक्ने सम्भावित खेललाई मध्यनजर गरेर सिलवाललाई वरियताका आधारमा एआईजी पदको सिर्जना गरेर बढुवा गरौ भन्दा ओलीले तत्कालिन अवस्थामा आलटाल गरेका थिए । आज तिनै वली नवराजमाथी अन्याय भएको भन्दै चर्को भाषण गरिरहेका छन् ।

 

फेरी अर्को सत्य कुरा के हो भने सिलवालले ओलीकै बलमा ललितपुरबाट टिकट पाएर चुनाव जितेका हुन । बहालवाला अर्थराज्यमन्त्री उदय शमशेर राणालाई चुनाव हराएर सांसद बनेका सिलवालमाथी अहिले पनि प्रहरीले दुखः दिइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा,आईजीपी प्रकाश अर्यालदेखी मुख्यसचिव लोकदर्शन रेग्मीले समेत उनलाई किर्ते प्रकरणमा दोषी हो भनेर पुष्टी गराउन अनेकौ हर्कत गरिरहेका छन् ।

 

 
सिलवाललाई माओवादी केन्द्रका वरिष्ट नेता एंवम् प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल प्रमुख रहेको समयबद्ध साप्ताहिक पत्रिकाले त सिलवाललाई राजिनामा गर्न लगाएर उनको ठाउमा बर्दियाबाट चुनाव हारेका एमाले नेता बामदेव गौतमलाई चुनाव उठाउनुपर्ने समाचार प्रकाशित गरेको छ ।

 

 

सिलवाल प्रकरण प्रहरीको मनोबल बढाउने सर्वोच्चको आदेश शिर्षकमा उक्त पत्रिकाले लेखेको छ –सिलवाल कुनै पनि बहानामा प्रहरीको मनोबल घटाउने योजनामा छन् । यत्रो वर्ष काम गरेको संस्थाप्रति उनको कहि कतै सम्मान देखिदैन । त्यही भएर उनलाई कार्वाही हुनुपर्ने र त्यसो भएमा सिलवाल कारबाहीबाट बच्न नसक्ने बताउछन् ।  

 

 

उक्त पत्रिकाले अघि लेखेको छ– त्यस अवस्थामा सिलवालको सांसद पद धरापमा पर्छ । किनकि उनीमाथि किर्ते फौजदारी  प्रकरणमा कारबाही भयो भने उनी सांसद बन्न पाउने छैनन् । तर,यस प्रकरणमा ठुला–ठुला  खेलहरु भइरहेको उक्त पत्रिकाको दाबी छ ।

 

पत्रिकाले एमालेभित्रै सिलवाललाई कारबाही भएमा सो स्थानमा एमाले उपाध्यक्ष बामदेव गौतमलाई उम्मेदवार बनाउनुपर्ने आवाज उठ्न थालेपछि सिलवालको चाहना र योजना विवादमा परेको दाबी गरिएको छ ।

 

यता,कानुनविदहरु भने सिलवाललाई उक्त प्रकरणमा कुनै कार्वाही हुन नसक्ने बताउदै आएका छन् । वरिष्ट अधिवक्ता टिकाराम भट्टराईले पुर्वाग्रही तरिकाले प्रहरी सिलवामाथी अनुसन्धान गरेको भएपनि यो नियमसंगत नभएको दाबी गरे ।