सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न गृहमन्त्री लेखकले बनाए कार्यदल

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न गृहमन्त्री लेखकले बनाए कार्यदल


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएका लेखकले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका गृह मन्त्रालयले जनाएको छ ।

कार्यदललाई प्रतिवेदन बुझाउन १० दिन समय दिइएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान पहिरोले दुई वटा बस बगाएको थियो । त्रिशूली नदीमा खसेका बस अहिलेसम्म फेला परेका छैनन् ।

सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म केही शव फेला परे पनि अन्य यात्रु र बस भेटिएका छैनन् ।