सिंगापुरमाथि नेपालको शानदार जित,कप्तान पारस खड्काको ऐतिहासिक शतक

सिंगापुरमाथि नेपालको शानदार जित,कप्तान पारस खड्काको ऐतिहासिक शतक


काठमाडौँ– सिंगापुरमा जारी टी-ट्वेन्टी क्रिकेट शृङखला अन्तर्गत दोस्रो खेलमा कप्तान पारस खड्काको शतकको मद्दतमा नेपालले सिंगापुरमाथि शानदार जित गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले निर्धा्रित २० ओभरमा तीन विकेटको क्षतिमा १५२ रन जोडेको थियो। सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा पारसले ४९ बलमा शतक पूरा गरेका थिए। यो नेपालका लागि तीव्र शतक हो । उनले शतक प्रहार गर्ने क्रममा ६ चौका र ९ छक्का हिर्काए। नेपालले ९ विकेटले जितेको खेलमा पारसले ५२ बलमा नटआउट १०६ रन जोडे।

यो नेपालका लागि पहिलो टी-२० अन्तर्रा्ष्ट्रिय शतक हान्ने खेलाडी बनेका पारसको व्यक्तिगत पाँचौ अन्तर्रा्ष्ट्रिय शतक हो। पारसले १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का प्रहर गर्दै शतक पुरा गरेका हुन् । कप्तान पारस ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन जोडे । त्यस्तै आरिफ शेखले ३८ बलमा ५ चौका सहित ३९ रनमा अविजित रहे ।

टि२० सिरिजमा नेपाली कप्तान पारस र आरिफले तेस्रो विकेटका लागि १ सय ४५ रनको शतकीय अविजित साझेदारी अहिलेसम्मकै उच्च हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धा्रित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए । सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बनाए ।

नेपालका लागि करण केसीले २ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए । शुक्रबार भएको पहिलो खेलमा नेपाल जम्वावेसँग पाँच विकेटले पराजित भएको थियो। नेपालले सिरिज अन्तर्गत मंगलबार जिम्वाबेसँग र बुधबार सिंगापुरसँग खेल्ने छ।