काठमाण्डु-सिरियाको विद्रोही समूहले एलेप्पो सहरका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार, विद्रोहीहरूले सहरको आधाभन्दा बढी भाग कब्जा गरेका छन् ।
यो सिरियाली सरकारविरुद्ध विद्रोहीहरूको सबैभन्दा ठूलो आक्रमण हो । विद्रोहीहरूले सन् २०१६ पछि पहिलो पटक अलेप्पोमा प्रवेश गरेका हुन् ।
सरकारी सुरक्षा बलहरूले विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) र अन्य सहयोगी समूहहरूको आक्रमण पछि अलेप्पो र इदलिब प्रान्तका धेरै सहरहरू आफ्नो नियन्त्रणमा लिएको बताएका छन् ।
बीबीसीका अनुसार इस्लामवादी चरमपन्थी समूह हयात तहरीर अल–शाम (एचटीएस) सँग जोडिएको च्यानलमा पोस्ट गरिएको भिडियोमा विद्रोही लडाकुहरू सहरभित्र गाडीहरूमा देखाइएको छ । यो फुटेज अलेप्पोको पश्चिमी उपनगरको भएको बताएको छ ।
सन् २०११ मा प्रजातन्त्र पक्षधर आन्दोलनलाई दमन गरेपछि सुरु भएको गृहयुद्धमा हालसम्म ५ लाखभन्दा बढी मानिस मारिएका छन् ।
प्रतिक्रिया