होम्स नजिकै झारिएको प्लेन सिरियाली राष्ट्रपतिको भएको विद्रोहीको दाबी

होम्स नजिकै झारिएको प्लेन सिरियाली राष्ट्रपतिको भएको विद्रोहीको दाबी


काठमाण्डु– सिरियामा इस्लामिक विद्रोहीले राजधानी कब्जा गरेपछि राष्ट्रपति बसद अल असाद दमास्कसबाट भागेका छन् ।असद एक विमानमार्फत नाम दमास्कस छाडेको तर उनी गएको स्थान थाहा नभएको समाचार संस्था रोयटर्सले दुईजना सिरियाली अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

राष्ट्रपति बशर अल-असद कहाँ छन् भन्ने हल्ला चासोपूर्वक चलिरहेको छ र त्यो थाहा पाउन मानिसहरूले दमास्कस आउजाउ गर्ने उडानहरूको निगरानी गरिरहेका छन्।

अल असद चढेको प्लेनले राडार छोडेको देखिएको छ । ‘अन्जान गन्तव्य’ गएको भनिएको असदको प्लेन कता पुग्यो र कुन हालतमा पुग्यो भन्ने औपचारिक सूचना अहिलेसम्म आइसकेको छैन ।

सामाजिक सञ्जालमा एक प्लेन होम्स नजिकै झारिएको र त्यो असदको हुनसक्ने दाबी गरिएको छ ।

राष्ट्रपति अशदको कार्यालयले त्यस्ता सबै खबरको खण्डन गर्दै उनी अझै दमास्कसमै रहेको र नियमित रूपमा आफ्नो काम गरिरहेको जनाएको छ। तर त्यसको सङ्केत भने देखिएको छैन।