झापा–नेपाली कांग्रेसका नेता एंवम् पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहसंग तुलना गरेका छन् । उनले ओलीलाई तत्कालिन राजालाई जस्तो मात लागेको गम्भिर आरोप लगाएका छन्।
मंगलबार झापामा सरकारविरुद्ध भएको प्रदर्शनमा बोल्दै नेता सिटौलाले संख्याको आधारमा वर्तमान सरकार तानाशाह बन्न खोजेको आरोप लगाए ।
उनले सरकार दुई तिहाई संख्याको आधारमा तानशाह बन्न खोजेको आरोप लगाए । नेता सिटौलाले भने,‘ राजा ज्ञानेन्द्रलाईजस्तै अहिलेको सरकारलाई पनि मात लागेको छ, ज्ञानेन्द्रले जनता बिर्सेका शासन व्यवस्था आफ्नो हातमा लिंदा के भयो त्यो कुरा वर्तमान सरकारका प्रधानमन्त्रीले सम्झनुपर्छ । ’
प्रतिक्रिया