कांग्रेस नेता सिटौलाको घरमा बम विष्फोट

कांग्रेस नेता सिटौलाको घरमा बम विष्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ -कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको झापाको भद्रपुर–१० स्थित घरमा गएराति पौने १ बजे बम विष्फोट भएको छ ।

 

 

 

घर पछाडि शौचालयनिर सुतली बम विष्फोट गराइएको भए पनि कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ ।

 

 

 

 

कांग्रेस नेता सिटौला झापा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् । यस अघि एमाले अध्यक्ष केपी ओलीको दमकस्थित घरमा पनि बिस्फोट भएको थियो ।