स्मार्ट डोकोले सुरु गर्यो खुशीको डोको अभियान

स्मार्ट डोकोले सुरु गर्यो खुशीको डोको अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालीहरुको महान पर्व बडादशैलाई  मध्यनजर गरेर स्मार्ट डोकोले विशेष छुटको अफर ल्याएको छ । डोकोले मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान र खाद्य एवं पेय पदार्थमा छुट दिने घोषणा गरेको हो ।  स्मार्ट डोकोले सेप्टेम्बर १३ देखि २५ सम्म खुशीको डोको अभियान सुरु गरेको छ ।

 

 

अफरअन्र्तगतका छनौटित सामानमा ४५ प्रतिशतसम्म छुट दिइएको छ । त्यसैगरी कुपन कोड खुसीको डोको प्रयोग गरी हरेक सामानमा थप ५ प्रतिशत छुट दिने घोषणा कम्पनीले गरेको छ ।

 

 

 

स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समुह (प्रोडक्ट क्याटगोरी) रहेको छन् । भने त्यस अन्तर्गत अन्य उपसमुह पनि रहेका छन् ।  स्मार्टडोकोले रिङ्गरोड भित्र र नेपालको प्रमुख शहरहरुमा निःसूल्क डेलिभरिको व्यवस्था समेत गरेको छ ।