व्यस्त सडकमै डरलाग्दो सर्पले ‘क्रिशमश ट्रि’ लाई बेरेपछि…

व्यस्त सडकमै डरलाग्दो सर्पले ‘क्रिशमश ट्रि’ लाई बेरेपछि…


मेलबर्न – अस्ट्रेलियाको मेलबर्नको व्यस्त सडकमा क्रिशमशका लागि सजाइएको रुखमा अस्वभाविक दृश्य देखिएको छ । जहाँ तीन खतरनाक सर्पले सजावट भएको ठाउलाई बेरेका थिए ।

यो दृश्य मंगलबार फेसबुकमा पोष्ट गरिएको थियो । यसको क्याप्सनमा लेखिएको थियो,“ केबल अस्ट्रेलियाको मेलबर्नमा सर्पहरु क्रिशमश रुखमा झुन्डिएका छन् ।”
यो फोटो लिएका यात्रु म्यासिमे जिमरम्यानले भने,“यी तीन सर्पहरु पाल्तु हुन् र पर्वको रौनकका लागि मालिकले पोलमा राखेका थिए ।”

“यी सर्पहरु मैले मेलबर्नमा भेटेको एक जना व्यक्तिको थियो,” जिमरम्यानले भने । यी सर्पहरुका मालिकको नाम रेमन्ड मुसर हो । उनलाई सर्प पुरुष भनेर पनि चिनिन्छ । उनले विष पहिलेनै निकालिएकाले सर्पहरु विषालुु नभएको बताए ।

अस्ट्रेलियन ब्याकप्याकर्स २०१९ समूहका सदस्यहरुले तत्काल यी सर्पहरु रातो पेट भएका कालो सर्प, पूर्वी खैरो सर्प र टाइगर सर्पहरु भएको जानकारी गराएका छन् ।उनीहरुले तीनवटा सर्वा्धिक विष भएका सर्पहरुलाई कसरी एउटै खम्बामा ल्याए भन्ने कुराको जानकारी मलाई कहिले हुनेछैन भन्ने एक टिप्पणीकारले बताएका छन् ।

“यी तीनै कसरी एकसाथ आए ? सबैलाई सहरको बत्तीको खम्बामा एक्ला एक्लै छोडिनु पर्छ ? म अस्ट्रेलियन हु र मैले देखेको मध्येकै भाग्यमानी कुरा हो,” अर्का सदस्यले भने ।