क्रान्तिकारीको शैक्षिक गोष्ठीमा समाजवादी शिक्षाको वहस

क्रान्तिकारीको शैक्षिक गोष्ठीमा समाजवादी शिक्षाको वहस


भक्तपुर- माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले समाजवादी शिक्षा प्राप्तिको बहस अघि वढाएको छ। जनवादी शिक्षालाई आफ्नो रणनीतिक लक्ष्य मान्दै आएको क्रान्तिकारीले गत राष्ट्रिय सम्मेलनवाट समाजवादी शिक्षाको नीति अघि सारेको हो। अखिल (क्रान्तिकारी) शैक्षिक विभागद्वारा भक्तपुरमा आयोजित शैक्षिक गोष्ठीमा समाजवाद उन्मुख शिक्षा नीतिमा आधारित पांचवटा फरक फरक कार्यपत्रमाथि व्यापक छलफल भएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।

गोष्ठीमा राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले ’ शैक्षिक ब्यवस्थापन र गुणस्तरको सवाल ’ विषयमा , प्रा.डा.शिवकुमार राईले ’ मेडिकल शिक्षाको विषयमा र डा.जगतप्रसाद श्रेष्ठले ’ नेपालमा इन्जिनियरिङ शिक्षास् अवसर र चुनौती ’ विषयमा कार्यपत्र राखेका थिए।

शिक्षा मन्त्रालयका योजना महाशाखाका प्रमुख वैकुण्ठप्रसाद अर्यालले ’ नेपालको शिक्षाको संगठनात्मक पुनसंरचनाका समस्याहरु ’ विषयमा कार्यपत्र पेश गरेका थिए। त्यस्तै क्रान्तिकारीका उपाध्यक्ष एवम् शैक्षिक विभाग प्रमुख तिलकराज भण्डारीले ’ शैक्षिक आन्दोलनको विगत,वर्तमान र भविष्यको सामन्य रुपरेखा’ विषयमा कार्यपत्र पेश गरेका थिए।

प्रस्तुत कार्यपत्र माथि अखिल (क्रान्तिकारी)का पुर्व अध्यक्ष लेखनाथ न्यौपाने,अर्का पुर्व अध्यक्ष रमेश मल्ल, अखिल नेपाल शिक्षक महासंघका अध्यक्ष शंकर अधिकारी लगायतले टिप्पणी गरेका थिए।गोष्ठीको समापन गर्दै क्रान्तिकारी अध्यक्ष तामाङले अवको विद्यार्थी आन्दोलन समाजवादी शिक्षा प्राप्तिको दिशामा दृढतापुर्वक अघि वढ्ने वताए।