शोकमा तानसेन बजार बन्द

शोकमा तानसेन बजार बन्द


पाल्पा – रम्भा गाउँपालिकाको हुँमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको शोकमा आज तानसेन बजार बन्द भएको छ । मृतकको शोकमा तानसेनका उद्योग व्यवसायीले स्वतः पसल बन्द गरेका हुन् ।

गत शुक्रबार तानसेनदेखि रामपुरतर्फ जाँदै गरेको बस हुँमिनमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले दुर्घटनामा परी मृत्यु हुनेहरुको शोकमा तानसेनका उद्योग तथा व्यवसाय बन्द गरेको जानकारी दिए । सहकारीका अभियन्ता तथा पाल्पाका उद्योगी व्यवसायीको निधनले ठूलो क्षति पुगेको छ ।

तानसेनस्थित लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली अवलोकन भ्रमणका लागि रामपुरतर्फ जाँदैगर्दा उनीहरु सवार लु१ख ९७५ नंको बस हुँमिनको धारादीमा दुर्घटना भएको थियो ।