सोमालियामा हवाई कारबाहीमा ११ लडाकूको मृत्यु

सोमालियामा हवाई कारबाहीमा ११ लडाकूको मृत्यु


सोमालिया – सोमालियाको राजधानी बाहिरको इलाकामा बुधबार अमेरिकी सेनाले गरेको दुईवटा हवाई कारबाहीमा कम्तीमा ११ जना अल–सबाबसँग आबद्ध लडाकूहरु मारिएको अमेरिकी सेनाले जनाएको छ ।

सोमालियाको राजाधानी मोगादिसुबाट करिब ४० किलोमिटर उत्तरमा बेलेद अमिन भन्ने स्थानमा गरिएको हवाई आक्रमणमा ती लडाकू मारिएको यु।एस। अफ्रिका कमान्ड ९अफ्रिकम० द्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

वक्तव्यमा सोमालीयाको सरकारी फौज र अफ्रिकी युनियन मिसन (अमिसोम)मा खसिटएका सेनाले अल–सबाबका सैनिक अखाडाहरु नष्ट गर्नेगरी कारबाही गरिरहेके बताइएको छ । कारबाहीका क्रममा अमेरिकी र अन्य सैन्य टोलीमाथि कुनै किसिमको क्षति नभएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सोमालियाको राजधानी मोगादिसुलाई लक्षित गरी अल–सबाबले आक्रमण गर्ने योजना बनाएको अमेरिकी दाबी छ । सिन्ह्वा