सोमालियामा बम विस्फोटः कम्तीमा २३० को मृत्युु

सोमालियामा बम विस्फोटः कम्तीमा २३० को मृत्युु


काठमाडौं–सोमालियाको राजधानी मोगादिशुमा शनिबारर भएको बम आक्रमणमा मारिनेको संख्या २ सय ३० पुगेको छ।

 

घटना एक दशकअघि अल शबाबले विद्रोह शुरु गरेयता सर्वसाधारणमाथि भएको सबैभन्दा खराब आक्रमण भएको अधिकारीहरुले बताएका छन्।

 

आक्रमणमा सयौं घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरुले हताहतीको संख्या बढ्न सक्ने जनाएका छन्।

 

एउटा मुख्य सडकमा भएको भयानक बम विस्फोटमा सवारी साधनका साथै होटल, सरकारी भवन र रेष्टुराँ लगायतका भवन ध्वस्त भएका थिए।

 

 

त्यहाँस्थित एउटा अस्पतालका निर्देशक मोहम्मद युशुफ हसनले भने, ूशनिवार जे भयो त्यो अकल्पनीय थियो। मैले यसअघि यस्तो कहिल्यै देखेको थिइन। असंख्य मानिसले ज्यान गुमाए। लाशहरु नचिनिने गरी डढेका छन्।

 

घटना कसले गराएको हो भन्ने अझै प्रष्ट भएको छैन। ।