प्रचण्डकी नातिनी र आईजिपीका छोराले ल्याए ‘यो मन उड्यो चरा बनी आकाशमा’

प्रचण्डकी नातिनी र आईजिपीका छोराले ल्याए ‘यो मन उड्यो चरा बनी आकाशमा’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रणय दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ ।

सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन् ।

आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याएको ‘शरद २’ एल्बममा यस गीत सहित ७ वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिनुभयो ।

डेढ दशक भन्दा बढी समयदेखि सांगितिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र शरद हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक समेत हुनुहुन्छ ।