काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले नेपालका कम्युनिस्टसँग वैचारिक छलफल गर्न हिमाल पार गरेर आएको बताएका छन् । काठमाडौँको होटल याक एन्ड यतीमा सुरु भएको दुवै देशका कम्युनिस्ट पार्टीको ‘विचारधारात्मक छलफल कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विदेश विभाग प्रमुख ताओले दुवै देशका सत्तारुढ कम्युनिस्ट पार्टीहरु मिलेर अघि बढनुपर्ने धारणा राखे । उनले जनताको विश्वास जितेर अगाडि बढ्नु नै आजको चुनौती भएको बताए ।
ताओले नेपाल दक्षिण एसियामा विशेषतायुक्त भू–राजनीतिक क्षेत्र भएको दाबी गरे । उनले त्यसकारण पनि बीरआरआई प्रोजेक्ट लिएर चीनले सहकार्य गर्न लागेको स्पष्ट पारे ।
सी विचारले शान्तिपूर्ण विकास गर्दै जनतालाई अगाडि बढाउने भन्दै उनले नेकपाले जबज र २१ औँ शताब्दीको जनवाद भन्नु नै शान्तिपूर्ण रुपान्तरणको बाटो भएको धारणा राखे ।
उनले चिनियाँ कम्युनिस्ट पार्टी पहिलेभन्दा कडा नीति लिएर आउन लागेको भन्दै पार्टीले आत्मक्रान्ति गर्न लागेको जानकारी दिए। विदेश विभाग प्रमुख ताओले नेपाली जनताको विकासको चाहनालाई सहयोग गर्न चीन तयार रहेको बताए ।
प्रतिक्रिया