दुर्घटनाग्रस्त जहाजमा रहेका १९ जनामध्ये क्याप्टेन शाक्यबाहेक सबैको मृत्यु (नामसहित)

दुर्घटनाग्रस्त जहाजमा रहेका १९ जनामध्ये क्याप्टेन शाक्यबाहेक सबैको मृत्यु (नामसहित)


काठमाण्डु – त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनिष शाक्यबाहेक जहाजमा सवार सवैको मृत्यु भएको छ । जहाजमा १९ जना सवार रहेको जानकारी आफूहरूले पाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले जहाजमा १९ जना यात्रु रहेको र १८ जनाको शव फेला परेको जानकारी दिए ।

अहिले प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लैजाने तयारी भइरहेको छ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका सौर्य एयरले जानकारी दिएको छ । प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको जहाजका क्याप्टेन शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा पठाइएको छ ।

जीवितै उद्धार गरिएका शाक्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।