एक दोहोरो र दुई शतकको मद्दतमा पाकिस्तानविरुद्ध अफ्रिकाको शानदार ब्याटिङ

एक दोहोरो र दुई शतकको मद्दतमा पाकिस्तानविरुद्ध अफ्रिकाको शानदार ब्याटिङ


काठमाण्डु-दक्षिण अफ्रिकाले पाकिस्तानसँगको दोस्रो टेस्टमा पकडमा राखेको छ । शनिबार दोस्रो दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले ६१५ रन जोडेको छ ।

पाकिस्तानले ३ विकेट गुमाएर ६४ रन मात्र बनाएको छ । क्रिचमा बाबर आजम ३१ तथा मोहम्मद रिजवान ९ रनमा अविजित छन् । दक्षिण अफ्रिकाका कासिगो रबाडाले २ तथा मार्को जेन्सनले १ विकेट लिए ।

यसअघि घरेलु टोली दक्षिण अफ्रिकाका लागि रेन रिकेल्टनले दोहोरो शतक बनाए । ३४३ बलमा २९ चौका र तीन छक्काको मद्दतमा उनले २५९ रन जोडे । कप्तान तेम्भा बभुमाले १०६ तथा केल भेरियनले १०० रन बनाए ।

रेकिल्टेनले थुप्रै कीर्तिमान कायम गरे । उनको यो दोस्रो टेस्ट शतक हो । सन् २०१६ मा केप टाउनमै हसिम अमलापछि दोहोरो शतक प्रहार गर्ने उनी पहिलो दक्षिण अफ्रिकी ब्याट्सम्यान हुन् ।

सन् २००६ मा स्टेफन फ्लेमिङले २६२ रन प्रहार गरेपछि सो मैदानमा सबैभन्दा धेरै रनको पारी खेल्ने उनी नै हुन् । भेरियनले योसहित एकै सिजनमा चार शतक प्रहार गरेर सबैभन्दा धेरै शतक प्रहार गर्ने दक्षिण अफ्रिकी विकेट किपरको कीर्तिमानसँग बराबरी गरेका छन् ।