साउथ फिल्मका अभिनेता विजयको घरमा विभागकाे छापा, ७७ करोड भारु बरामद

साउथ फिल्मका अभिनेता विजयको घरमा विभागकाे छापा, ७७ करोड भारु बरामद


एजेन्सी – भारतको आयकर विभागले साउथ फिल्मका चर्चित अभिनेता विजयको घरमा छापा मारेको छ । विभागले यसबारे एक विज्ञप्ति जारी गर्दै छापा मारेर श्रोत नखुलेको ७७ करोड भारु नियन्त्रणमा लिएको जनाएको छ ।

विभागले विजयसँगै तमिल सिनेमा उद्योगका चार प्रमुख खेलाडीकोमा फेव्रुअरी ५ मा छापा मारेको जानकारी दिएको छ । विभागले एक निर्माता, एक ठूला अभिनेता, वितरक तथा लगानीकर्ताकोमा छापा मारेको हो ।

यी चारै व्यक्ति हालै ३०० करोड भारू बढी कमाइ गरेको ‘बिगिल’ सिनेमासँग जोडिएका छन् ।  बरामद ७७ करोड भारुको कुनै हिसाबकिताब नभएको बताइन्छ ।

छापाका क्रममा विभागले नगदसँगै अन्य सम्पतीसम्बन्धी कागजात तथा हस्ताक्षर गरिएका चेकहरुसमेत बरामद गरेको छ । एजीएस सिनेमाजले कर छली गरेको हुनसक्ने भन्दै ‘बिगिल’ अभिनेता विजयसँग आयकर विभागले सोधपुछ गरिरहेको जनाएको छ ।