साउथ फिल्मका भिलेन अब नेपाली फिल्ममा

साउथ फिल्मका भिलेन अब नेपाली फिल्ममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साउथ फिल्मका अभिनेता कनिज कोइराला अब नेपली फिल्ममा देखिने भएका छन् ।

साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’मा भिलेनको रुपमा देखिएका कनिज नेपाली फिल्म ‘आँधी तुफान–२’मा भिलेनको रुपमा देखिने भएका हुन् ।

कनिजसँग ‘आँधी तुफान–२’ अभिनयका लागि एग्रिमेन्ट भइसकेको फिल्मका निर्माता मौनता श्रेष्ठले बताए । श्रेष्ठले ‘आँधी तुफान–२’ अभिनयका लागि केही समयपछि कनिज नेपाल आउन लागेको समेत जानकारी दिए ।

२०६३ सालमा बनेको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा बन्न लागेको यो फिल्म महिला कलाकारको एक्सनले भरिएको हुनेछ ।

मदन घिमिरेको निर्देशक रहने उक्त फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराला, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।