काठमाडौं – दक्षिण एशियाली खेलकुद ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा सातै देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरु सहभागी रहेका छन् ।
बैठकले तेह्रौं दक्षिण एशियाली खेलकुद (साग)को तयारीबारे छलफल गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले बैठकमा दक्षिण एशियाली खेलकुद (साग) को तयारीको अपडेट प्रस्तुत गर्नेछन्।
आजै सहभागी देशका सेभ द मिसनका प्रतिनिधिहरुका सेमिनार पनि हुने छ। साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदैछ।
प्रतिक्रिया