काठमाण्डु-दक्षिण कोरियाली प्रहरीले बुधबार राष्ट्रपति युन सुक–योलको कार्यालय र प्रहरी मुख्यालयमा छापा मारेको छ ।
बीबीसीका अनुसार सियोल महानगरीय प्रहरी र संसद् गार्डको कार्यालयमा पनि प्रहरीले छापा मारेको हो । यो कारबाही राष्ट्रपति युन सुक–योलले सैन्य शासन लागू गरेपछि भइरहेको अनुसन्धानको हिस्सा हो । छापा मार्दा राष्ट्रपति युन कार्यालयमा थिएनन् । गत हप्ता युनले देशमा सैन्य शासन लागू गरेका थिए । तर विरोधका कारण उनले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए । युनको यो कदमपछि राजीनामा माग्दै देशभर विरोध जारी छ ।
प्रतिक्रिया