काठमाण्डु – दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीलाई उधृत गर्दै मृतकको संख्या ४७ पुगेको जानकारी दिएको हो। २ जनाको भने उद्धार गरिएको जनाइएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो।
मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो। पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो।
प्रतिक्रिया