काठमाडौं– दक्षिण कोरियामा कामदारको तलबमा झण्डै ११ प्रतिशतले वृद्धि भएको छ।
दक्षिण कोरिया सरकारको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १० दशमलव ९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।
अन्तराट्रिय सञ्चारमाध्यमका अनुसार तलब वृद्धिको निर्णय ईपिएससहितका कामदारको हकमा लागू हुने छ। अब दक्षिण कोरियामा काम गर्ने कामदारको तलब प्रति घण्टा ८ हजार ३ सय ५० कोरियन वान अर्थात सात दशमलव ३७ अमेरिकी डलर हुनेछ।
यो निर्णयले इपिएसमार्फत दक्षिण कोरिया पुगेका नेपालीहरु समेत प्रत्यक्ष लाभान्वित हुने छन् । नेपालस्थित इपिएस कोरिया शाखाको पछिल्लो तथ्याङ्क अनुसार हाल दक्षिण कोरियामा ४० हजार बढी नेपाली कामदार कार्यरत छन् ।
प्रतिक्रिया