दाङ प्रहरी प्रमुख एसपी दुर्गासिंह चन्दसहित तीन जनालाई विभागीय कार्वाही सिफारीस

दाङ प्रहरी प्रमुख एसपी दुर्गासिंह चन्दसहित तीन जनालाई विभागीय कार्वाही सिफारीस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ– प्रहरीले दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गासिंह चन्दसहित तीनजनालाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ । प्रहरीको नियन्त्रणमा रहेका बेला मृत्यु भएका भुपबहादुर सुनुवार गंगटेबारे गलत सूचना सम्प्रेषण गरेको भन्दै चन्दसहित तीन जनालाई विभागीय कार्वाही सिफारीस गरिएको हो ।

 

 

 

कार्वाही पर्नेमा चन्दसहित लमही इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्का र थुनुवा कक्षमा ड्युटीमा खटिएका प्रहरी जवान छन् ।

 

 नेपाल प्रहरीको संघीय प्रहरी इकाइ कार्यालय तुलसीपुरका प्रमुख एआइजी मिङ्मार लामाले गलत सुचना सम्प्रेषण गर्ने प्रहरी अधिकृतलाई कार्वाहीको सिफारीस गरिएको जानकारी दिए । लामाले गंगटेको प्रहरी हिरासतमा नभई उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको दाबी गरे ।

 

 

प्रहरीले गत १४ भदौमा गंगटेको शव वेवारिसे अवस्थामा भेटिएको बताएपनि उनको मृत्यु भने सोही दिन राति लमही अस्पतालमा भएको अअनुसन्धानपछि खुलेको छ । उनको मृत्यु भने बिरामीको कारण भएको प्रहरीले दाबी गरेको छ ।

 

 

एआईजी लामाले प्रहरीले प्रक्राउ गरेका गंगटेको उपचारको क्रममा मृत्यु भएको भएपनि घटनालाई तोडमोड गरेको हुदा प्रहरी प्रमुख चन्दसहित अन्य तीन जनालाई विभागीय कार्वाही गरिएको दाबी गरे ।