काठमाण्डु – अनुसन्धानमा तानिएका ३ सिनिएर प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिसमा छुटेका छन् ।
सोमबार साँझ २५ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्दा अनुसन्धानको क्रममा रहेका ३ जना छुटेका हुन् ।
२०५६ सालको ब्याचका ३ जना र २०५८ सालको ब्याचका २२ जना प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिस भए पनि २०५८ सालको ब्याचका ३ एसपी अनुसन्धानमा तानिएकाले छुटाइएको बढुवा समिति स्रोतले जानकारी दियो ।
ती ३ जनाबाहेक २०७५ फागुनअघि एसपी भएका सबै एसएसपी बढुवा सिफारिस भएका छन् ।
एसएसपी बढुवा सिफारिसमा छुट्ने १ जना २०५६ सालमा भर्ना भएका अधिकृत हुन् भने २ जना २०५८ सालको टोलीबाट पहिलो लटमै एसपीमा बढुवा भएका एसपी हुन् ।
२०५८ सालको टोलीका एसपी प्रकाश रानाभाट र कमल थापा बढुवा हुन छुटे । थापा भैंसेपाटी हनी ट्रयाप, रानाभाट धनुषा प्रहरी प्रमुख हुँदा विवादमा परेका थिए । दुवै जनाविरुद्ध अनुसन्धान तथा कारबाहीका लागि सिफारिस भएको छ ।
२०५३ सालको राष्ट्रिय अनुसन्धान विभागको टोलीका एसपी विमल बस्नेत पनि एसएसपी बढुवा सिफारिसमा छुटेका छन् । उनको कारबाहीका कारण बढुवा रोक्का छ ।
२२ नम्बरमा एसएसपी बढुवा सिफारिस भएका सञ्जयसिंह थापा ६१ किलो सुन प्रकरणमा विभागीय कारबाही सिफारिस भएका अधिकृत हुन् तर थापा त्यसपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबाट उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कार पाउन सफल भए । त्यसपछि उनलाई एसएसपीमा पनि बाजी मार्न सजिलो भयो ।
प्रतिक्रिया