बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न गएका स्पेनका राजाविरुद्ध प्रदर्शन

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न गएका स्पेनका राजाविरुद्ध प्रदर्शन


काठमाण्डु-स्पेनका राजा फिलिप बाढी प्रभावित क्षेत्र भ्यालेसिन्याको अवलोकनमा जाँदा पीडित नागरिकले विरोध जनाएका छन् । उनीहरूले राजा फिलिपमाथि हिलो छ्याप्ने प्रयाससमेत गरेका थिए ।

भ्यालेन्सियामा भएको विरोधपछि राजा फिलिप र रानी लेतिजियाले अवलोकनको अन्य कार्यक्रम रद्द गरेका छन् । भ्यालेन्सियाको अवलोकनमा पुगेका राजालाई विरोध र दुर्व्यवहार भएपछि अर्को क्षेत्र चिवाको भ्रमणका क्रममा कडा सुरक्षा व्यवस्था गरिएको थियो । चिवा र भ्यालेन्सियाको दूरी झन्डै ३५ किलोमिटरकोे छ । त्यस्तै प्रधानमन्त्री पेद्रो सान्चेजको भ्यालेन्सिया भ्रमण पनि छोट्याइएको छ ।

यसैबीच स्पेनको राष्ट्रिय मौसम विभागले भ्यालेन्सिया र आसपासका क्षेत्रमा थप ठूलो वर्षा हुन सक्ने भन्दै चेतावनी जारी गरेको छ । स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या दुई सय नाघेको छ ।

बाढीबाट प्रभावित नागरिकले विपत्तिको प्रतिक्रिया धेरै ढिलो भएको भन्दै गुनासो गर्दै आएका छन् ।