काठमाण्डु-स्पेनमा वर्षाका कारण आएको बाढीका कारण मृत्यु हुनेको संख्या कम्तिमा १५८ पुगेको छ ।आगामी दिनहरूमा यो संख्या बढ्नसक्ने सम्भावना रहेको बताइएको छ ।
भ्यालेन्सियामा मात्रै बाढीबाट कम्तिमा १५५ जनाको मृत्यु भएको पुष्टि भएको छ । क्षेत्रीय आपतकालीन सेवाहरूका अनुसार अन्डालुसिया र कास्टिल–ला मान्चामा थप तीन जनाको मृत्यु भएको छ । स्पेनी सेनाको आपतकालीन प्रतिक्रिया इकाईका करिव एक हजार सदस्यहरू प्रभावित क्षेत्रमा खटाइएको छ ।
प्रतिक्रिया