श्रीलंमा राष्ट्रपति निर्वाचन, वामपन्थी गठबन्धन जित नजिक

श्रीलंमा राष्ट्रपति निर्वाचन, वामपन्थी गठबन्धन जित नजिक


काठमाण्डु-श्रीलंकाको राष्ट्रपति निर्वाचनमा वामपन्थी विचारधाराको पार्टी जित नजिक पुगेको छ । श्रीलंकाको निर्वाचन आयोगका अनुसार हालसम्म १० लाख मतगणना सकिँदा माक्र्सवादी विचारधाराका अनुरा कुमारा दिसानायके अग्रस्थानमा छन् । उनले कुल ५३ प्रतिशत मत प्राप्त गरेका छन् ।

दिसानायकेले नेशनल पिपुल्स पावर गठबन्धनको उम्मेदवार भएर निर्वाचन लडेका हुन् । उनलाई विमुक्ति पेरेमुनाको पनि सहमर्थन छ ।

यस्तै साजिथ प्रेमदासाको पार्टी समागी जन बालवेगया २० प्रतिशत मतका साथ दोस्रो स्थानमा छ भने रनिल विक्रमासिङ्घे १८ प्रतिशत मतका साथ तेस्रो स्थानमा छन् । त्यसैगरी पूर्वराष्ट्रपति गोटबाया राजपक्षेका छोरा नमल राजपक्षेलाई जम्मा १ प्रतिशत मत प्राप्त भएको छ ।

शनिवार सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना भइरहँदा श्रीलंकामा भने कर्फ्यू जारी गरिएको छ ।

गोटबाया राजपक्षे सरकारको पतन पछि श्रीलंकामा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको हो ।