श्रीलङ्काको बहुसंख्यक संसदबाट प्रधानमन्त्रीको खर्च कटौती

श्रीलङ्काको बहुसंख्यक संसदबाट प्रधानमन्त्रीको खर्च कटौती


एजेन्सी – श्रीलङ्काका बहुसंख्यक संसदमा बिहीबार भएको मतदानमा सांसदहरूले पक्षमा मत दिएर प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको खर्च कटौती गरिदिएका छन् ।

तत्कालको राजनीतिक संकट तथा अस्थिरतालाई नियन्त्रणमा लिनका लागि प्रधानमन्त्री कार्यालयको खर्च कटौती गर्नु परेको सांसदहरुको भनाई छ ।
संसदका कुल २२५ सांसदमध्ये १२३ जना सांसदले खर्च कटौतीको पक्षमा मतदान गरेको अधिकारीहरुले जनाएका छन् ।

खर्च कटौतीको प्रस्ताव अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको पार्टी ‘युनाईटेड नेश्नल पार्टी’ (युपीएन)का सांसद रवि करुणानायकेले संसदमा प्रस्तुत गरेका थिए । ‘तमिल नेस्नल एलाइन्स’का सांसद र जनाथा भिमुक्थी पेरामुनाले पनि प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावमा मतदान गरे ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर विपक्षी नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि असन्तुष्ट संसदले प्रधानमन्त्रीलाई असहयोग हुने र नियन्त्रण गर्नेगरी यस्तो प्रस्ताव पारित गरेको हो ।