श्रीलङ्ककाका मन्त्री सेनालायकको लुम्बिनीको विकासमा चासो

श्रीलङ्ककाका मन्त्री सेनालायकको लुम्बिनीको विकासमा चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्थ सेनालायकले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा शनिवार भएको भेटवार्तामा द्विपक्षीय हित, चासो र आपसी सम्बन्धका बारेमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले लुम्बिनी र बौद्ध धर्माबलम्बीका कारण दुई देशको सम्बन्धलाई प्रगाढ बनाएको भन्दै नेपाल–श्रीलङ्का सम्बन्ध साँस्कृतिकरुपमा बलियो रहेको बताउनुभयो ।

 

लुम्बिनी क्षेत्रको वृहत्तर विकास गरी दुई देशबीचको पर्यटन प्रवद्र्धनमा लग्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि दुई देशले सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “लुम्बिनी क्षेत्रमा पर्ने रामग्राम, तिलौराकोटलगातका क्षेत्र दुवै मुलुका लागि महत्वपूर्ण पर्यटन गन्तव्य हो ।”

 

मन्त्री महराले दुई देशबीच रहीआएको वर्षौदेखिको सम्बन्धलाई अझ निकट तुल्याउन द्विपक्षीय बैठकलाई निरन्तरता दिने र दुई देशका संयन्त्रलाई क्रियाशील गर्ने धारणा राख्नुभयो ।

 

त्यसैगरी श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्थले लुम्बिनी क्षेत्रलाई केन्द्रित गरेर ‘कनेक्टीभिटी’ वढाउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले दुवै देशबीच रही आएको असल सम्बन्धलाई विस्तार गर्नका लागि दुई देशबीच नियमित भेटघाट हुनुपर्ने बनाउनुभयो ।