काठमाडौं – बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनी जादैछन् ।
चार्टर्ड विमानमार्फत भैरहवा विमानस्थल ओर्लिएर उनी त्यहाँबाट हेलिकोप्टर चढेर लुम्बिनी जाने भएकाछन् । त्यहाँ उनलाई मुख्यमन्त्री शंकर पोखरेललगायतले स्वागत गर्नेछन् ।
उनले मायादेवी मन्दिरमा पूजा गर्ने छन् भने त्यहाँ नै लुम्बिनी विकास कोषले गुरुयोजनाबारे जानकारी गराउने छ । लुम्बिनी भ्रमण गर्ने सबैभन्दा धेरै पर्यटक श्रीलंकाका छन् ।
राष्ट्रपति सिरिसेनाको भ्रमणपछि श्रीलंकाका पर्यटक अझै बढ्ने विश्वास स्थानीयको छ । श्रीलंकाका राष्ट्रपतिको सुरक्षालाई मध्यनजर गर्दै रुपन्देही जिल्लाको सुरक्षा व्यवस्था यतिबेला कडा पारिएको छ ।
सिरिसेना शनिबार साढे तीन बजे काठमाडौं फर्किने छन् । त्यसपछि राष्ट्रपति विद्या भण्डारीले आयोजना गरेको रात्रिभोजमा उनी सहभागी हुनेछन् । उनको स्वदेश फर्कने कार्यक्रम भने आइतबारका लागि तय भएको छ ।
प्रतिक्रिया