श्रीलंकाको राजदूतमा पूर्णबहादुरको नाम सर्वसम्मत अनुमोदन

श्रीलंकाको राजदूतमा पूर्णबहादुरको नाम सर्वसम्मत अनुमोदन


काठमाण्डु– संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो।

समितिको आइतबारको बैठकले नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। नेपाली त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापकमा कार्यरत रहेका छन्  ।

नेपालीलाई माल्दिभ्सको गैरआवासीय राजदूतको लागि पनि सिफारिस भएका छन् । संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।