काठमाडौं – शनिबार नेपाल–भारत सीमा क्षेत्रमा करिब ४५ मिनेटसम्म भारतको सशस्त्र सीमा बल (एसएसबी) का एक जवानले एकोहोरो गोली चलाएका छन् ।
बिहारको किशनगञ्जमा पर्ने दिघलबैंक थाना क्षेत्रअन्तर्गत पिल्टोला सीमा क्षेत्रमा तैनाथ उक्त एसएसबी जवानले आफ्नै चौकीभित्र अन्धाधुन्ध गोली चलाएका हुन् ।
प्रहरी अधिकारी अजय कुमार झा को हवाला दिँदै भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब ३ बजे अभय कुमार नाम गरेका जवानले इन्सास राइफलबाट गोली चलाउन सुरु गरेका हुन् ।
अचानक गोली चल्न थालेपछि एसएसबी क्याम्पभित्र आतंकनै मच्चिएको थियो । उनले करिब ४५ मिनेटसम्म गोली चलाएको बताइएको छ ।
यद्यपि उनले ‘हवाइ फायर’मात्र गरेकाले कुनै मानवीय क्षति भने हुन पाएन । उनले करिब २०० राउन्डभन्दा बढी गोली चलाएका थिए ।
उनलाई एसएसबी टोलीले नियन्त्रणमा लिएको छ । उनी मानसिक रुपमा बिरमाी नरहेको बताइएको छ ।
प्रतिक्रिया