काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा र पदस्थापन गरेको छ । वैशाख ९ गते बसेको मन्त्रीस्तरको बैठकले सशस्त्र प्रहरी बल सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ सरुवा र पदस्थापन गरेको हो ।
मन्त्रालयले चार जना एसएसपीको सरुवा गरेको छ भने १३ जना एसएसपीको पदस्थापन गरेको छ । सरुवा र पदस्थापन भएका एसएसपीलाई बढुवा भएको मितिदेखि नै पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको ।
प्रतिक्रिया